सामान्य विवादमै पतिको गोलीको शिकार बनिन् पत्नी

230
  •  
  •  
  •  

काठमाडौ, १७ माघ(ओएनएस) : रोल्पामा सामान्य विवाद भएपछि एक पतिले गोली हानी पत्नीको हत्या गरेका छन् ।

रोल्पाको होमा-८ मा शुक्रबार ३३ वर्षीय श्यामकुमार बाँठा मगरले गोली प्रहार गरि पत्नी जसमिताको हर्ता गरेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार जसमितालाई दायाँ कोखामा गोली लागेपछि उनको घटनास्थलमा नै मृत्यु भएको थियो । स्थानीयबासीले प्रहरीलाई घटनाबारे खबर गरेपछि प्रहरी घटनास्थलमा करिब ३ घण्टा पछि पुगेको थियो ।

प्रहरीका अनुसार दुवै जनाबीच केही दिन अघिदेखि सामान्य घरायसी झगडा भएको थियो । झगडा भएकै बेला जसमति आफ्ना जेठाजुको घरमा बस्दै आएकी थिइन् । श्यामकुमारले दाजुको घरमा गएर जसमितामाथी गोली चलाएका थिए ।

घटनापछि गाउँलेहरुले श्यामकुमारलाई नियन्त्रणमा लिएर बाँधेर राखेका थिए । मृतक जसमिताको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा पुर्याइएको छ ।


  •  
  •  
  •