करियरको अन्तिम दौडमा धावक हुसैन बोल्ट पराजित

459
  •  
  •  
  •  

usain-bolt-2

काठमाडौं, २२ साउन (एजेन्सी) : जमैकाका धावक हुसैन बोल्ट आफ्नो करियरको अन्तिम दौडमा पराजित भएका छन् ।

इङ्ल्यान्डको लण्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपअन्तर्गत शनिबार राती भएको सय मिटर दौडमा बोल्ट तेस्रो स्थानमा आए ।

पहिलो र दोस्रो स्थानमा अमेरिका धावक क्रमशः जस्टिन ग्याट्लिन र क्रिस कोलम्यान भए । जस्टिनले ९ दशमलव ९२ सेकेण्डमा रेस पूरा गरे भने क्रिसले ९ दशमलव ९४ सेकेण्डमा रेस पूरा गरे । तेस्रो स्थानमा झरेका बोल्टले ९ दशमलव ९५ सेकेण्डमा रेस सकाए ।

सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक जितेका बोल्टले ५ वर्षपछि त्यही रंगशालामा उक्त प्रदर्शन दोहोर्याउन सकेनन् । करियरमा २० औं स्वर्ण पदक जित्ने अभियानमा रहेका बोल्ट पराजित भएसंगै विदाई पनि भएका छन् ।


  •  
  •  
  •