रुपन्देहीको रोहिणीमा चक्रवात हुरी

232
  •  
  •  
  •  

रुपन्देही । बारा पर्सामा आएको हुरी जस्तै रुपन्देहीको रोहिणीमा पनि चक्रवात हुरी आएको छ । हुरीले १६ वटा घरको छानो उडाए पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले दिएको जानकारी अनुसार रोहिणी गाउँपालिकाको वडा नम्बर २ को मैनिहवा, लखनौतिया, खोखरहनी, वडा नम्बर ७ को टिकर, पर्सामा हुरीले नोक्सान गरेको छ ।

हुरीका कारण यी ठाउमा १६ वटा घर गोठहरु उडेका छन् । हुरी प्रभावित क्षेत्रको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले निरिक्षण गरुेका छन् । निरिक्षण पछि उनले रोहिणी गाउँपालिका सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको जनाए । ‘हुरीको प्रकृति हेर्दा बारामा आए जस्तै थियो । यसको प्रभावमा परेका कतिपय रुखहरु समेत जराबाटै उखेलिएका छन भने कतैपय घरको जस्तापाताको पत्तो नै लागेको छैन’ यादवले भने ।

हुरी प्रभावित क्षेत्रमा अहिले ईलाका प्रहरी कार्यालय धकधई, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायतको टोलीले उद्दार गरेको र हुरीबाट करिब ८ लाख ५० हजार बराबरको नोक्सानी भएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।


  •  
  •  
  •