जनकपुरमा नौ दिनदेखि आमरण अनशन, मिथलेश्वरले पनि थाले अनशन

297
  •  
  •  
  •  

hunger-strike-janakpurजनकपुर, २८  माघ (ओएनएस) : आधुनिक जनकपुर निर्माणको माग गर्दै ९ दिनदेखि थालिएको आमरण अनशनमा स्थानीय एक युवाले पनि साथ दिएका छन् ।

माघ २० गतेदेखि २ जना अनशनमा बसिरहेका बेला शुक्रबारबाट महोत्तरी एकरहियाका मिथलेश्वर दासले पनि अनशन थालेका हुन् ।

आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक रामकुमार शर्मा र नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर २ का सहसंयोजक कलाम उद्दिन राई गत माघ २० गतेदेखि आमरण अनशनमा छन् ।

आधुनिक जनकपुर निर्माणको मागसहित थालिएको अनशनप्रति सरकार बेखरझै भइरहेका बेला शुक्रबारबाट दास पनि अनशनमा बसेको अभियन्ता इन्दु शर्माले जानकारी दिइन् ।

जनकपुर विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनु पर्ने, सहरीकरणका लागि जनकपुर क्षेत्रको सडक ६ लेनको बनाउनुपर्ने, सरकारबाट ५ सय शैयाको स्वीकृति पाएको जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाइनु पर्र्न, राजश्री विश्वविद्यालय स्थापनाको माग गर्दै उनीहरुले आमरण अनशन थालेका हुन् ।

यसैगरी, जनकपुर क्षेत्रमा हजारौं विगाह जमिन अतिक्रमण र कब्जामा रहेको बताउँदै शर्माले सार्वजनिक सम्पत्ति सरक्षणका लागि छानबिन समिति गठनको माग गरे ।

मणीपाल कलेजले २० वर्ष अघि जमिन लिए पनि कलेज भने अन्यत्र बनाएकाले त्यसलाई कारवाही गर्नुपर्ने, जानकी मन्दिरलाई ट्रस्टमा लग्नुपर्ने र विश्व सम्पदा सूचीमा राख्नुपर्ने तथा जनकपुर क्षेत्रलाई हिन्दूको धार्मिक क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने मागसहित आमरण अनशन थालिएको शर्माले बताए ।


  •  
  •  
  •