हुन्डाईको ‘एक्सपेरियन्स वल्र्डकप सेलिव्रेसन’

537
  •  
  •  
  •  

काठमाडौ, २१ असार (ओएनएस) । लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘एक्सपेरियन्स हुण्डाई वल्र्ड कप सेलिव्रेसन २०१४ टेष्ट ड्राइभ, एक्सचेञ्ज एण्ड मोर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि थापाथलीस्थित आफ्नै शो–रुम हाता भित्र सञ्चालन आएको उक्त कार्यक्रम आइतवारसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा तुरुन्तै गाडीको मूल्याङकन गरी एक्स्चेन्ज गरिनुका साथै स्पट फाइनान्स तथा इन्सुरेन्सको व्यवस्था गरिएको कम्पनिले जानकारी दिएको छ । कार्यक्रममा टेष्ट ड्राइभ गर्नेमध्येबाट लक्की ड्र गरी विजेतालाई सामसुङ ३२ इञ्च एलइडी प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

साथै टेष्ट ड्राइभको फोटो खिचाई फेसबुकमा अपलोड गरी सवैभन्दा बढी लाइक पाउने एक जनाले सामसुङ ग्रायड नियो मोवाइल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी विभिन्न खेल, खानाका परिकारहरुको मज्जासँगै विश्वकप २०१४ सम्बन्धि उत्साहजनक अनुभव लिन सकिने बताइएको छ । विश्वकप २०१४ का खेलहरुमा भविष्यवाणी गरी सामसङ ग्लालेक्सी प्रो मोबाईल सेट का साथै विश्वकप सम्बन्धी फेस पेन्टिङ गर्न पाइे छ ।

यस कार्यक्रममा गाडी लिएर आउने ग्राहकहरुले निःशुल्क कार सफाई गराउन सक्नेछन् । त्यस्तै हुन्डाई गाडी चढेर आउने ग्राहकहरुले निःशुल्क चेकजाँचको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुण्डाइको नेपालका लागि आधिकारीक विक्रेता हो ।


  •  
  •  
  •