हुण्डाईको ‘फोरएस भेर्ना’ कार बजारमा, पाँच रंगमा पाइने

318
  •  
  •  
  •  

hundai 4s verna carकाठमाडौ, ३ बैशाख(ओएनएस) : हुन्डाई कम्पनीको नयाँ सेडान कार ‘हुन्डाई फोरएस भेर्ना’ बजारमा आएको छ । नेपालका लागि हुन्डाई कम्पनीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबार उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा कम्पनीले आफ्ना उपभोक्तालाई सधैँ उच्च स्थान र प्राथमिकतामा राखेको जनाएको छ । सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुन्डाईको उक्त कारबाट अभूतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हासिल गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले ‘नयाँ फोरएस भेर्ना’ले नेपालको अटो बजारमा स्टाइल, स्पेस, इन्धन माइलेज, सुरक्षा र कार्य–सम्पादनका आधारमा सवारी साधनका पारखीहरूलाई नौलो अनुभूति गराउने दावी गरेको छ ।

प्रतिलिटर १७.०१ किलोमिटर माइलेज दिने यस कार १.६ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको अधिकतम पावर ६३०० आरपिएममा १२३ पिएस छ भने टर्क ४२०० आरपिएममा १५.८ केजिएम छ । हुन्डाई फोर एस भर्नाको मुल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी पाँच वटा नयाँ रङमा पाइन्छ ।


  •  
  •  
  •