हुण्डाई एक्सेन्ट नेपाली बजारमा

386
  •  
  •  
  •  

nnnnnnnकाठमाडौं,२ भदौ (ओएनएस) : हुण्डाईको मोर्डन फेमिली सेडान ‘एक्ससेन्ट’ नेपाली बजारमा भित्रिएको छ । हुण्डाई मोटरको ‘वल्र्ड क्लास टेक्नोलोजीमा’ बनाइएको यो गाडी लक्ष्मी इण्टरकन्टीनेन्टल प्रालीले नेपालमा ल्याएका हो ।

कम्पनी हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता हो । हुण्डाई एक्ससेन्टले नेपाली बजारमा छुट्टै पहिचान बनाउने कम्पनीका प्रमुख गणेशबहादुर श्रेष्ठले बताए । हुण्डाई एक्ससेण्ट नेपाली सडक सुहाउदो गाडी भएकोले यसले नेपाली अटो बजारमा छुटै पहिचान बनाउने उनले जानकारी दिए । हुण्डाई एक्ससेण्ट सुरक्षाको दृष्टिकोणले पनि उपयोगी रहेको कम्पनीले बताएको छ ।

विशेषगरी ३० देखि ४० बर्षका मानिसहरुका लागि लक्षित गरी बनाइएको कम्पनीले जानकारी दिएको छ । ‘एक्ससेण्ट वेस’,‘एस’ र ‘एसएक्स’ गरी तिन मोडलमा उपलब्ध एक्ससेन्टको बजार मूल्य क्रमशः२४ लाख ९६ हजार,२७ लाख ९६ हजार र ३१ लाख ९६ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । एक्ससेन्टको स्टेरिङमा नै ट्रिप मिटर राखिएको छ ।

त्यस्तै यसमा रियर पार्कीङ सेन्सर,स्मार्ट किसेण्टरलगायत विशेषता उपलब्ध छन् । एक्ससेन्टमा पछाडीको सिटमा बस्ने प्यासेन्जरलाई लक्षित गर्दै रियर एसी राखिएको छ । यो चाँडै नै नेपालका प्रमुख सहरहरुमा उपलब्ध हुने बताइएको छ । साथै यसमा डवल एयरव्याग ,व्लुटुथ कनेक्टीभीटी,अडियो कण्ट्रोललगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •