नेपालमा मानवीय संकट पैदा हुन सक्छ: अमेरिकी दुतावास

129
  •  
  •  
  •  

american embassy nepalकाठमाडौँ, १९ कात्तिक(ओएनएस) : नेपालस्थित अमेरिकी दुतावासले नेपाल भारत सीमामा उत्पन्न समस्याका कारण भएको इन्धन, औषधी र खाद्यान्नलगायतको अभावका सम्बन्धमा गम्भिर चासो व्यक्त गरेको छ ।

दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमामा जारी भएको समस्याका कारण भुकम्प पीडितहरूका लागि आवश्यक राहत पुर्‍याउन कठिनाई उत्पन्न भएको उल्लेख गरेको छ । सीमामा भएको समस्याका कारण विदेशी दातृ निकायहरूले राहत सामग्री वितरणका समस्या भोगिरहेको समेत उल्लेख गरेको छ ।

विजप्तिमा भनिएको छ, ‘जाडौ महिना सुरू हुन केही साता मात्र बाँकी छ । अन्तराष्ट्रिय दातृ समुदायले भूकम्पपीडितका लागि राहत तथा बासको व्यवस्था गर्न सकेका छैनन् । यसले नेपालमा मानवीय संकट पैदा हुन सक्ने अवस्थाप्रति हामी गम्भीर छौ । यसकारण पनि गतिरोध अन्त्यका लागि सबै पक्षले आफ्नो तर्फबाट दुईगुणा बढी प्रयास गर्नुपर्छ । सबैले राजनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण गरेर नयाँ संविधानले सबैको भावना समेट्ने वातावारण मिलाउनुपर्छ ।’

उक्त विज्ञप्तीमा अमेरिका सदैव नेपालको प्रजातान्त्रिक अभ्यासको बाटोमा साथ दिने तथा भुकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निमाणलाई सक्रियताका साथ सघाउने उल्लेख छ ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •