काठमाडौँ, ७ पुस (ओएनएस): मानब बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का ४९ बर्षीय सुने भन्ने सुन बहादुर तामाङ रहेका छन् ।
उनलाई प्रहरी प्रधान केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
तामाङले राम्रो काममा लगाई दिन्छु भनि दुई जना किशोरीहरुलाई ललाई फकाई गर्दै २०७१ जेठमा नेपालबाट दिल्लीसम्म पुराई देहव्यापारको लागि बिक्री गरेका थिए ।
पीडितहरु कोठीबाट भागेर नेपाल फर्कन सफल भएका थिए ।
तामाङलाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।