बेपत्ता जनप्रतिनिधि कमलाको कंकाल भेटियो

483
  •  
  •  
  •  

संखुवासभा, २१ साउन : कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका-५ संखुवासभाकी दलित सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

गत असार ३४ बाट हराइरहेकी ३८ बर्षीया बिकको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको हो ।

५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ ।

उनको कंकाल परिक्षणका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन् ।


  •  
  •  
  •