मानव अधिकार आयोगमा पदाधिकारी नियुक्त

63
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा तथा सदस्यहरु प्रकाशचन्द्र वस्ती सुदिप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौड्याललाई नियुक्ती गरेका छन् ।
सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधान्यायाधीश रामकुमार प्रसाद साहले नवनियुक्त अध्यक्ष शर्मालाई शपथ ग्रहण गराए । सो समारोहमा अध्यक्ष शर्माले आयोगका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । नव नियुक्त अध्यक्ष तथा सदस्यहरुले सोमवार नै पदभार ग्रहण गरेका छन् ।


  •  
  •  
  •