पेशा र जातको आधारमा होंच्याउने परिपाटी त्यागौ

215
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक(ओएनएस): राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पेशा र जातको आधारमा मानिसलाई होच्याउने परिपाटी त्याग्न आग्रह गरेका छन् ।

होंच्याउने परिपाटीले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा आघात पुग्ने भन्दै त्यस्तो परिपाटी त्याग्न आग्रह गरेका हुन् ।‘नेपाल खड्गी सेवा समिति’ ले पेश गरेको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

आपूmहरूमाथि जातीय भेदभाव भएको भन्दै खड्गी समुदायको छाता संगठन ‘नेपाल खड्गी सेवा समिति’ ले सोमबार आयोगका नवनियुक्त पदाधिकारीहरू समक्ष ज्ञापनपत्र बुझाएको हो ।

पेशा र जातको आधारमा आपूmहरूमाथि भेदभाव भइरहेको भन्ने खड्गी समुदायको समस्याका सम्बन्धमा अध्यक्ष शर्माले व्यक्तिले आफ्नो इच्छाअनुसार थर परिवर्तन गर्न पाउनुपर्ने बताए । ‘यसका लागि कानुनी व्यवस्था हुन आवश्यक छ’उनले भने ।

सो अवसरमा आयोगका सदस्य प्रकाश वस्तीले खड्गी सम्मानपूर्वक जीवनयापन गर्न पाउनु आधारभूत मानव अधिकार भएको बताए ।
नेपाल खड्गी सेवा समिति’ का अध्यक्ष मनोज नेवाः खड्गी समुदायमाथि भएको भेदभावपूर्ण व्यवहारका कारण आपूmहरूमाथि मनोवैज्ञानिक असर परेको बताए । अध्यक्ष खड्गीले ‘नेपाली बृहत् शब्दकोश’ ले खड्गीलाई अपमान गर्ने गरी परिभाषा दिएको दुःखेसो पोख्दै यसलाई अबिलम्व सुधार गर्नुपर्ने माग गरे ।

कतिपय शब्दकोशहरूमा फारसी शब्द ‘कसाई’ को अर्थ ‘खड्गी’ भनेर दिइएको, यस्तो अपमानजनक परिभाषालाई हटाउन तथा नागरिकताको प्रमाणपत्रमा आफ्नो इच्छाअनुसार थर फेर्न पाउँ भनी २०६३ सालदेखि सरकारी निकायहरूमा आफ्ना माग सम्बोधन नभएको गुनासो गरे । उनले खड्गी समुदायले भोगको समस्या समाधानका लागि सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिन आयोगका पदाधिकारीहरू समक्ष आग्रह गरे ।


  •  
  •  
  •