सबैको लागि घर, घरमा मानव अधिकार, शान्ति र विकासको आधार

286
  •  
  •  
  •  

काठमाडौ, २४ मंसिर(ओएनएस) : आज १० डिसेम्बर, ६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैछ । यस वर्ष ‘सबैको लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

विगत ५ वर्षदेखी हरेक वर्ष मानवअधिकारकर्मीहरूले मानवअधिकार मैत्री संविधानलाई मात्रै प्राथमिकता दिंदा, दण्डहिनताको अन्त्यको विषय र असमानता भोगिरहेका समुदायको अधिकार ओझेलमा परेको छ । आजभन्दा ६५ बर्ष अघि १० डिसेम्वर आजकै दिन संयुक्त राष्ट्रसंघीय महासभाले विश्वब्यापी घोषणापत्र जारी गरि मानवअधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

बिहानदेखि चेतनामुलुक र्याली र साइकल र्यालीको निकाल्दैछन् । दिवसका अवसरमा राष्ट्रसंघीय मानवअधिकार उच्चायोग राष्ट्रिय मानवअधिकार आायोगले विज्ञप्ती निकाली मानवअधिकारको रक्षामा लाग्न अपिल गरेको छ ।

मानवअधिकार सामाजिक रुपान्तरणका विषयमा हुने कार्यशालामा विभिन्न सरोकारवाला सस्थाको पनि सहभागिता रहनेछ । यसैबीच महिलामाथि हुने लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान आज सकिदैछ । अभियान समापनका अवसरमा राष्ट्रिय महिला आयोग र विभिन्न संघसस्थाले कार्यक्रम गर्दैछन् । नोभेम्बर २५ देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न जनचेतनामुलुक कार्यक्रम गरिएका थिए ।


  •  
  •  
  •