बालयौन दूराचारमा संलग्नलाई कारबाही हुन सकेनः आयोग

76
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको हनन र बालयौन दूराचारमा संलग्नहरुलाई कानून बमोजिम कारबाही हुन नसकेको बताएको छ।

आज विश्वभर अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आयोगले बाल सुधार गृहको व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोग तीनै तहका सरकारसँग आग्रह गरेको छ।

बाल अधिकार दिवसको अवसरमा शुभकामना सन्देशमा आयोगले बालअधिकारको हनन्मा संलग्नहरुलाई कानून बमोजिम कारबाही गर्न, बालबालिकाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारको सुनिश्चितता गरी बालअधिकारको रक्षा गर्न आग्रह गरेको छ।


  •  
  •  
  •