“कारागार र हिरासतको पूर्वाधार सुधार गर”

159
  •  
  •  
  •  

human_rightsकाठमाडौं, २१ कात्तिक (ओएनएस) : राष्ट्रिय मानव अधिकार आयोगले नेपालको कारागार तथा हिरासत केन्द्रहरूको भौतिक पूर्वाधार मानव अधिकारमैत्री हुनुपर्ने आवश्यकता औल्याएको छ ।

आयोगका सदस्यद्वय सुदिप पाठक र गोविन्द शर्मा पौड््यालले कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गरेपछि आयोगले ती केन्द्रहरू मानव अधिकारमैत्री हुनुपर्ने आवश्यकतामाथि महसुस भएको आयोगले शुक्रबार निकालेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाठक र पौड्यालले कास्कीमा रहेका कारागार तथा हिरासत केन्द्रहरूको संयुक्त रूपमा अनुगमन गरेका थिए  भने । भने पौड्यालले पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको भ्रमण गरेका थिए ।

आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनमा कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूका क्षमताभन्दा अत्याधिक संख्यामा बन्दीहरू राखिएको तथा भौतिक पूर्वाधारहरू जीर्ण रहेको उल्लेख छ ।

काठमाडौंको नख्खु कारागारबाट अनुगमन कार्य शुरु गरेको आयोजले देशभरका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गर्नेछ ।


  •  
  •  
  •