नेपाल मानव विकास सुचांकको १४५औं स्थानमा

392
  •  
  •  
  •  

undp logo

काठमाडौं, ८ साउन (ओएनएस) :  नेपाल मानव विकास सुचांकको १४५औं स्थानमा रहेको राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपी जनाएको छ । यूएनडिपीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल निम्न मानव विकास (लो हुम्यान डेभलोपमेन्ट) वर्गमा रहेको छ ।

यूनडिपीले ४ वर्गमा राखेर मानव विकास सुचांक प्रतिवेदन तयार पारेको छ । धेरै उच्च मानव विकार्स , उच्च मानव विकास, मध्यम र निम्नमा सुचांकलाई वर्गिकरण गरिएको छ । विश्वका १ सय ८७ देशलाई समेटेर तयार पारिएको प्रतिवेदनमा नेपालसहित ४२ वटा देश निम्म विकासको सूचीमा छन् ।

त्यस्तै धेरै उच्च विकासको सूचीमा ४९, उच्च विकासको सूचीमा ५३ र मध्यममा ४२ वटा मुलुक रहेका छन् । प्रतिवेदनअनुसार १ नम्बरमा युरोपको नर्वे रहेको छ भने, अन्तिममा अफ्रिकी मुलुक नाइजर रहेको छ ।

दक्षिण एसियाली मुलुकमा श्रीलंका सबैभन्दा राम्रो स्थानमा रहेको छ । श्रीलंका समग्रमा ७३ स्थानमा छ भने, भारत १३५ मालदिभ्स १०३ , भुटान १३६, वंगलादेश १४२ नेपालभन्दा माथिल्लो स्थानमा छन् । त्यस्तै पाकिस्तान र अफगानिस्तान नेपालभन्दा पछि क्रमशः १४६ र १६९ स्थानमा छन् ।

सबै सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।


  •  
  •  
  •