पढ्न पाउनुपर्छ भन्दै चक्रपथमा मानव साङ्लो प्रदर्शन गरिने

328
  •  
  •  
  •  

काठमाडौँ, ९ मंसिर(ओएनएस) : मध्य तथा पूर्वी तराईमा जारी आन्दोलनका कारण ३ महिनाभन्दा लामो समयदेखी बन्द रहेका विद्यालय खुलाउनुपर्ने र बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको भन्दै राजधानीको चक्रपथमा मानव साङ्लो प्रदर्शन गरिने भएको छ ।

बालबालिकाको पढ्न र बाच्न पाउनुपर्ने अधिकार हनन भएको भन्दै विभिन्न शिक्षण संस्थाहरू तथा संयुक्त विद्यार्थी संगठनद्वारा मानव साङ्गो प्रदर्शन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । उक्त मानव साङ्लो आगामी मंसिर ११ गते ११ बजे राजधानीको २७.२ किलोमिटर लामो चक्रपथमा प्रदर्शन गरिने छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै शान्ति, विकास र समृद्धीको संवाहक मानिएका बालबालिकालाई निर्वाध एवं भयरहित स्थितिमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक एवं विश्वव्यापी अधिकारबाट वञ्चित गराई उनीहरूको भविष्य झन् झन् अनिश्चितता र अन्धकारतर्फ धकेलिँइदै गएकोमा दु:ख व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा दु:खद कुरा त विद्यालयको नाम सुन्दा सदैव हौसिने र हतारिने विद्यार्थी आजभोली झर्किने र झन्झट मान्ने जस्तो विक्षिप्त अवस्थाबाट गुज्रिएका छन् । यस किसिमको जर्जर अवस्था र मानसिकताबाट बालबालिकालाई उकास्नका लागि अब राष्ट्रिय एवं अन्तराष्ट्रियरूपमा आवाज उठ्नैपर्छ, उठाउनैपर्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसकालागि समस्त बालबालिका, विद्यार्थी, मानव अधिकार संघ-संस्था, नागरिक समाज, बुद्धिजीवि लगायतले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु अपरिहार्य भइसकेको छ ।’

विज्ञप्तिमा मानव साङ्लो प्रदर्शन मौनतामा ठूलो शक्ति हुन्छ भन्ने मान्यताका अनुसार शान्तिपूर्ण हुने बताइएको छ ।

press reease by pabsonpress reease by pabson1


  •  
  •  
  •