सिरहामा विद्यार्थीको मानव साङ्लो (फोटोफिचर)

440
  •  
  •  
  •  

सिरहा, १६ मंसिर(ओएनएस) : सिरहामा विद्यार्थीहरूले मानव साङ्लो प्रदर्शन गरेका छन् । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उदेश्यले आज बिहान मानव सांगलो प्रदर्शन गरेका हुन् ।

सिरहाको पश्चिम सिमाना कमला नदीदेखि पूर्वी सिमाना बलान नदिसम्म करीब ५७ किलोमिटर राजमार्गमा विद्यार्थीहरुले हात जोडेर मानव साङ्लो बनाएका छन् । मानव सांगलोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका, क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता सहभागी भएका थिए ।

विद्यार्थीहरुले मधेशको माग सम्बोधनमा राज्य पक्ष गम्भिर हुनुपर्ने, विद्यार्थीहरूले भयमुक्त भएर पढ्न पाउनुपर्ने लगायतका माग राखेका थिए ।

संयुक्त मधेशी मोर्चा, प्यावसन, एनप्यावसनको आहबानमा गरिएको मानव सांगलो प्रदर्शनमा ५० हजारको हाराहारीमा सहभागिता रहेको तमसपाका केन्द्रिय महासचिब राम कुमार मंडलले बताए । मानव सागलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुरका साथै ग्रामिण क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

मानव साङ्लो प्रदर्शन गरेपछि आन्दोलनमा सहादत्त प्राप्त गरेका वीर शहिदहरुप्रति जिल्लाका विभिन्न स्थानमा प्रार्थना सभा र श्रद्धान्जली सभाको आयोजना गरिएको मोर्चाले बताए ।

human chain in siraha (1) human chain in siraha (6) human chain in siraha (5) human chain in siraha (4) human chain in siraha (3) human chain in siraha (2)


  •  
  •  
  •