सिंहदरबारदेखी राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव साङ्लो

162
  •  
  •  
  •  

काठमाडौँ, १४ मंसिर(ओएनएस) : नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न आज सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव सांग्लो प्रदर्शन गरिने भएको छ ।

‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ भन्ने नारा साथ सिंहदरबारदेखि राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाइनेछ । राष्ट्रिय स्वाधीनता अभियानले शनिबार पत्रकार सम्मेलन गरी सोमबार २ देखि ३ बजे एक घण्टा सिंहदरबारदेखी संयुक्त राष्ट्रसंघसम्म राष्ट्रिय झण्डासहित उभिन सबैलाई आह्वान गरेको थियो । उक्त मावन साङ्लोमार्फत नेपालीले भोगेको संकट अन्तराष्ट्रियकरण गर्नका लागि सिंहदरबारलाई राष्ट्रसंघसँग जोड्न खोजिएको आयोजकले जनाएको छ ।

मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमका लागि मानवअधिकारकर्मी सुबोध प्याकुरेल, एमाले नेता ठाकुर गैरे, एमाओवादी नेता कृष्ण केसी, मसालका कृष्ण अधिकारीलगायत कलाकर्मीहरुको समेत समर्थन रहेको छ ।


  •  
  •  
  •