विश्व हुलाक दिवस नेपालमा पनि मनाईंदै

134
  •  
  •  
  •  

काठमाडौं २३ असोज (ओएनएस) :
विश्व हुलाक दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक स्थापना भएको दिनको अवसरमा हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
विश्व हुलाकको सन् १८७४ मा स्थापना भएको थियो । त्यसपछि हुलाक सेवालाई प्रभावकारी र यसको उपयोग बढाउने उद्देश्य सहित यो दिवस मनाउन थालिएको हो । पछिल्लो समयमा ईमेल, ईन्टरनेटको विकाससँगै हुलाक सेवाको प्रभावकारिता घटेको छ ।

 


  •  
  •  
  •