एडिलेड टेष्टमा मृत फिलिप हग्सले ओपनिङ्ग गर्ने

270
  •  
  •  
  •  

काठमाडौ, २१ मंसिर(एजेन्सी) : अष्ट्रेलियाका युवा ब्याटस्म्यान फिलिप हग्सको एक दुर्घटनामा मृत भएपछि मंगलबार हुने भारतविरूद्धको एडिलेड टेष्टमा अष्ट्रेलियाली टोलीले ४०८ नम्बरको जर्सी लगाएर खेल्नेछ । उक्त नम्बर हग्सको टेष्ट जर्सी हो । अष्ट्रेलियाली टोलीले यसरी हग्सलाई ऋद्धाञ्जली दिनेछ । यसका साथै अष्ट्रेलियाली पारीको ओपनिङ फिलिप हग्सले नै गर्नेछन् ।

philip-hughesभारत र अष्ट्रेलियिबीचको खेलिने बार्डर-गावास्कर ट्रफीको एक टेष्टमा क्रिकेट इतिहासकै नयाँ कुरा हुनेछ । अष्ट्रेलियाली टोलीले आफ्नो प्रारम्भिक ब्याटस्म्यान हग्सलाई श्रद्धाञ्जली दिनका लागि यो खेलमा १० जना खेलाडी मात्र लिएर मैदान उत्रन सक्नेछ र उनीहरुको ११ औ खेलाडीका रूपमा फिलिप हग्स हुनेछन् । स्रोतहरूलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले अष्ट्रेलियाले हग्सलाई ऐतिहासिक बिदाई दिने तयारीमा रहेको लेखेका छन् । उनीहरुले भारतविरूद्धको टेष्ट खेलमा ११ औ खेलाडीको रूपमा टोलीमा सामेल गर्न सक्ने छ ।

यदी हग्स ११ औ खेलाडीको रूपमा मैदान रहे यो क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम हुनेछ । हग्सको नाम १३ जना खेलाडीको सूचीमा राखिनेछ र हग्सलाई प्लेइङ्ग ११ मा हग्सलाई टोलीको प्रारम्भिक ब्याटस्म्यानका रूपमा सहभागी गराउनेछ । अष्ट्रेलियाको पारी ०/१ बाट सुरू हुन सक्नेछ । अर्थात् अष्ट्रेलियाली टोलीले खेल खेल्नुअघि नै एक विकेट गुमाइसकेको हुनेछ र टोलीको स्कोर शून्य रनमा १ विकेट हुनेछ । जुन विकेट हग्सको हुनेछ ।


  •  
  •  
  •