बाउन्सर बलले लागेर अष्ट्रेलियाका फिलिप हग्स गम्भिर घाइते

199
  •  
  •  
  •  

काठमाडौ, ९ मंसिर(एजेन्सी) : पूर्व अष्ट्रेलियाली ओपनर फिलिप हग्स सेफिल्ड शील्ड प्रतियोगिताको क्रममा मंगलबार सीन एबाटको एक बाउन्सर बलबाट घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ती गराइएको छ । सेफिल्ड शील्ड प्रतियोगितामा साउथ अष्ट्रेलियाको तर्फबाट खेलिरहेका हग्स विपक्षी टोली न्यु साउथ वेल्सका तिव्र गतिका बलर एबाटको बाउन्सर बलले लागेर गम्भिर घाइते भएर मैदानमा ढलेका थिए ।

hughes in critical condition2२५ वर्षीय ब्याटस्म्यान हग्सलाई मेडिकल स्टाफले तुरून्त मुखबाट सास दिने प्रयास गरेका थिए र सिड्नी क्रिकेट ग्राउणडमा करिब ४० मिनेटसम्म उनको उपचार गरिएको थियो । जब हग्सको स्वास्थ्यमा कुनै सुधार देखिएन, तब उनलाई एयर एम्बुलेन्स बोलाइएको थियो । हेलिकप्टर ग्राउण्डमा नै उतारेर हग्सलाई अस्पताल लगिएको थियो । यस घटनापछि खेल नै रद्ध गरिएको थियो ।

hughes in critical conditionबलले लाग्ने बेलासम्म हग्सले ६३ रन बनाईसकेका थिए । तर, तिव्र गतिका बलर एबाटको बाउन्सरले हग्सको टाउकोमा लागेको थियो । उनी गम्भिर घाइते भएका थिए । बलले लागेपछि उनले पहिले आफ्नो हात घुँडामा राखेका थिए र पछि मैदानमा ढलेका थिए । उनको अवस्था देखेर मेडिकल स्टाफहरू दौडेर उनीसामू आइपुगे ।

hughes in critical condition1हग्सको सेन्ट भिसेन्ट अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डेविड फाक्टरले भने, ‘हग्सको हालत निकै नै गम्भिर छ । उनको टाउकोमा चोट लागेको छ ।’ प्रवक्ताले थपे, ‘पहिले हामी हग्सको चोटको आकलन गर्छौ, त्यसपछि मात्र उनलाई सर्जरी गर्नुपर्ने नपर्ने थाहा हुनेछ । अहिले उनलाई आइसियूमा राखेर उपचार गराइराखिएको छ ।’

 


  •  
  •  
  •  

Comments are closed.