हग्सको मृत्युको शोकमा अष्ट्रेलियन खेलाडी, रोकियो भारतविरूद्धको टेष्ट

510
  •  
  •  
  •  

Australia-cricket-logoकाठमाडौ, १३ मंसिर(एजेन्सी) : अष्ट्रेलियाली क्रिकेट बोर्डले भारतविरूद्धको ब्रिसबेनमा हुने पहिलो टेस्ट नखेल्ने जनाएको छ । फिलिप हग्सको मृत्युका कारण आगामी डिसेम्बर ४ मा सुरू हुने उक्त खेलका लागि खेलाडीहरू मानसिक रूपले तयार नभएको भन्दै उक्त खेल नखेल्ने भारतीय क्रिकेट बोर्ड(बिसीसीआई) लाई बताएको थियो । बिसीसीआईले पनि अष्ट्रेलियन क्रिकेटको बोर्डको निर्णय सहर्ष स्विकार गरेको छ ।

‘दी अष्ट्रेलियन’ पत्रिकाका अनुसार अष्ट्रेलियाली टोलीका प्रमुख खेलाडूहरू शेन वाटसन, डेविड वार्नर र ब्राड हेडिनले पहिलो टेस्ट खेल्न अस्विकार गरेपछि अष्ट्रलियन क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । उनीहरूले अहिलेको समयमा आफूहरू अन्तराष्ट्रिय प्रतियोगिता खेल्नका लागि मानसिक रूपले तयार नभएको बताएका छन् ।

हग्सको अन्तिम संस्कार ३ डिसेम्बरमा उनको होमटाउन मैक्सभिलेमा हुनेछ । उनी मिड नर्थ कोस्ट स्थित मेक्सभिलेमा बस्दै आएका थिए । उनलाई अन्तिम बिदाई उनको होम टाउनमा नै दिइने छ । अष्ट्रेलियन राष्ट्रीय टोलीका सबै खेलाडी हग्सको अन्तिम यात्रामा सहभागी हुन चाहन्छन् । यस कारण पहिलो टेष्ट निर्धारित समयमा नहुने भएको छ ।

रिपोर्टहरूका अनुसार पहिलो टेष्ट दोस्रो र तेस्रो टेस्टका बीच हुन सक्ने बताइएको छ । दोस्रो टेस्ट १२ डिसेम्बरमा हुनेछ र तेस्रो टेस्ट २६ डिसेम्बरमा सुरू हुनेछ । यसबिचमा रहने १० दिनको समयमा उक्त खेल गर्न सकिने सम्भावना रहेको रिपोर्टहरूमा जनाइएको छ ।


  •  
  •  
  •