कुन राशीका मानिसले शिवको पूजा कसरी गर्ने

958
  •  
  •  
  •  

सोमबार महाशिवरात्री परेको छ । महाशिवरात्रीमा भगवान् शिवको उपासना तथा पूजा गर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार शिवरात्रीका दिन गरिएको शिवको फूजाबाट विषेश फल प्राप्त हुन्छ ।

यस दिनमा फरक राशीका मानिसले फरक तरिकाले पूजा गर्दा थप लाभदायक हुने पनि बताइन्छ । यसरी राशी अनुसार पूजाआजा गर्दा शिवजी प्रसन्न हुने र मनको इच्छा समेत पुरा हुने विश्वास गरिन्छ ।

शिवरात्रीका दिन राशी अनुसार गरिने निम्न उपायहरू अनुसार पूजाआजा गरेर भगवान् शिवलाइ प्रसन्न पार्न सकिन्छ ।

मेष : यो राशीका मानिसले शिवलिंगमा काँचो दुध तथा दही चढाउने । साथै धतुरो पनि चढाउने । यस्तै, दियो बालेर भगवान शिवको आरती गर्ने ।

वृश : शिव मन्दिरमा गएर उखुको रसले स्नान गराउने र चमेलीको फूल चढाउने । शिवलाई मिठाइ चढाए आरती गर्ने ।

मिथुन : स्फटिकले शिवलिंगको पूजा गर्ने । रातो गुलाब, केशरी, चन्दन, अत्तर आदीले शिवलिंगको अभिशेक गर्ने ।

कर्कट : अष्टगन्ध र चन्दनले शिवलिंगको अभिषेक गर्ने । वर र गहुँबाट बनेको रोटी चढाएर पूजा गर्ने । शिवरात्रीदेखि दैनिक रूपमा काँचो दुध र जल चढाउने ।

सिंह : विभिन्न फलफूलको रस र पानीमा शक्खर मिसाएर शिवलिंगको अभिषेक गर्ने । मिठाई चढाउने ।

कन्या : महादेवलाई वर, धतुरो, भांगको फूल चढाउने । बेल पत्रमा राखेर प्रसाद चढाउने । अन्त्यमा कपुर मिसिएको जलले अभिषेक गर्ने ।

तुला : जलमा फरक-फरक फूल राखेर शिवजीको अभिषेक गर्ने । यसपछि बेलपत्र, गुलाब, चामल, चन्दन आदी चढाउने र आरती गर्ने ।

वृश्चिक : शुद्ध जलबाट शिवलिंगको अभिषेक गर्ने । मह, घ्युले स्नान गरेपछि पुनः जलले स्नान गर्ने र आरती गर्ने । रातो फूल चढाउने र मसुरोको दाल दान गर्ने ।

धनु : भातले शिवंलिगको श्रृंगार गर्ने र सुकेको मेवा चढाउने ।

मकर : गहुँको पिठोले शिवलिंग बनाएर, विधिवत पूजा गर्ने । आरती गरेपछि गहुँको दान गर्ने ।

कुम्भ : जलमा तिल राखेर शिवलिंगको स्नान गराउने । सेतो र कालो तिल मिसाएर शिवलिंगमा चढाउने । बेलपत्र, गुलाबको फूल चढाउने र आरती गर्ने ।

मीन : पीपलको बोटमुनि बसेर शिवजीको पूजा गर्ने । ऊँ नमः शिवायको मन्त्र १०८ पटक उच्चारण गर्ने र बेलपत्र चढाउने । आरती गर्ने र चनाको दाल शिवलिंगमा चढाउने ।


  •  
  •  
  •