कसरी सुत्ने तपाईलाई थाहा छ ? थाहा पाउनुस्…

639
  •  
  •  
  •  

B3BN6Xहामी सबैलाई थाहा छ, हामीलाई रातमा मिठो निन्द्रा चाहिन्छ । मिठो निन्द्राले भोलीको दिन राम्रो बनाउँछ । निन्द्राका लागि मानिसले धेरै कुराहरू पनि त्यागेको हुन्छ । मिठो र समय पुग्ने गरी निदाउँनु मानिसको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हामी मिठो निन्द्राकालागि त सुत्छौ तर, यसका लागि कसरी सुत्दा राम्रो हुन्छ भन्ने जान्नु पनि त्यतिकै जरूरी हुन्छ । राती मिठो निन्द्राका लागि सकेसम्म सुत्नुअघि औषधीको प्रयोग नगर्नु राम्रो हुन्छ । साथै केही यस्ता उपायहरू अपनाउँदा पनि निन्द्रा नपुग्ने तथा अप्ठ्यारो हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

– आफ्नो कोठालाई यसरी मिलाउनुस् जसले गर्दा तपाईको कोठा शान्त र अध्यारो होस् । सुत्ने समयमा तपाईको लुगा र ओछ्यान सकेसम्म आरामदायी होस् भन्नेमा विचार पुर्याउनुपर्छ ।

– सुत्ने बेलामा केही पढ्ने र गीतहरु सुन्ने गर्नु राम्रो हुन्छ, यसले मानिसलाई दिनभरको थकानबाट छुटकारा पाउन सहज हुनुका साथै सुत्नका लागी अन्य कुनै खाले तनावहरू हुँदैनन् ।

– रक्सी पिएर सुत्दा निन्द्रामा समस्या आउन सक्छ । त्यसैले सुत्नुअघि सकेसम्म रक्सी या अन्य मादक पदार्थको प्रयोग नगर्नु राम्रो हुन्छ ।

– राम्रो निन्द्राका लागि तपाईको शरिरको तापक्रम थोरै घट्नु राम्रो हुन्छ । त्यसैले सकेसम्म बेडरूमलाई थोरै चिसो बनाउनु राम्रो हुन्छ । खानाले पनि शरिरको तापक्रम बढाउने गर्छ, त्यसैले सकेसम्म रातको समयमा कम क्यालोरी दिने खाना खानु राम्रो हुन्छ ।

– दैनिक रूपमा गरिने व्यायामले मानिसको तनावलाई कम गरी आराम दिन्छ । तर, व्यायामले शरिरको तापक्रम बढाउने हुँदा सकेसम्म राती भन्दा दिँउसो या बिहान व्यायाम गर्नु फाइदाजनक छ ।

– सुत्नुभन्दा करिब ४ घण्टाअगाडि तातो पानीले नुहाउने गरे निकै आराम दिन्छ । यसले शरिरको तापक्रम त बढाउँछ तर, जब तापक्रम घट्दै जान्छ तब, आनन्द दिन्छ ।

– कोठामा आउन सक्ने आवाज तथा प्रकाशलाई कम गर्नका लागी अन्य सामानहरूको प्रयोग गर्न सकिन्छ । यसले निन्द्रा खलबलिन दिँदैन ।

– योगा, मेडिटेशनले मानिसलाई आराम दिन्छ र तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।

– सकेसम्म आफ्नो मष्तिष्कमा नकारात्मक सोचहरू आउन दिनु हुँदैन, सकेसम्म सकारात्मक सोच राख्ने । यसका लागि रमाईला घटनाहरू सम्झने, तीनलाई सकेसम्म मनमनै दृश्यमा उतार्ने गर्नुपर्छ ।


  •  
  •  
  •