तपाईलाई थाहा छ ? सय वर्ष बाँच्न के गर्नुपर्छ

657
  •  
  •  
  •  

पुरानो समयमा मानिसको औसत उमेर सय वर्ष थियो । उक्त समयमा कुनै दुर्घटना वा युद्धमा मृत्यु नभए मानिसहरू कम्तिमा सय वर्ष बाच्ने गर्थे । तर, आजको समयमा निकै कम मानिस मात्र सय वर्षसम्म बाच्ने गर्छन् । प्रायः धेरै मानिस ६० वर्षको उमेरभित्र नै विभिन्न रोगबाट पीडित हुन्छन् र केही वर्षपछि नै मृत्यु हुने गर्छ । यसकारण आजका मानिसको औसत उमेर ६० वर्ष मानिन थालिएको छ ।

शास्त्रका अनुसार भगवानले हरेक मानिसलाई सय वर्षको आयु दिएका हुन्छन् । भगवानले सय वर्षको उमेर दिएपनि निकै कम मानिस मात्र उक्त उमेरसम्म जिवित रहन्छन् । यस्तो किन हुन्छ भन्ने प्रश्नको उत्तर महाभारतमा दिइएको छ । महाभारतमा धृतराष्ट्रले विदुरसँग यही प्रश्न गर्दा विदुरले यसका ६ कारण बताएका थिए ।

के के हुन् ती ६ कारण जसले मानिसको आयु मात्र ६० वर्ष बनाएको छ ? जानौ…

– विदुरले धरतराष्ट्रसँग भनेका थिए की यदी कोई व्यक्ति अत्यन्त अहंकारी हुन्छ भने यो निश्चित छ की त्यो व्यक्ति सय वर्षसम्म बाच्न सक्दैन । अहंकार मानिसको राम्रो अर्थात् पुण्यलाई समाप्त गर्छ र शारीरिक रूपले कमजोर बनाउँछ । व्यक्ति अहंकारका कारण राम्रो नराम्रो छुट्टयाउन सक्दैन ।

– जुन मानिसहरूले अनावश्यक रूपमा बोल्छन्, नचाहिने कुराहरू गरिरहन्छन्, नबोली बस्न सक्दैनन् भने उनीहरूको मृत्यु चाँडै हुने गर्छ । धेरै बोल्नाले हामीलाई स्वस्थ राख्ने शारीरिक उर्जा समाप्त हुन्छ । हामी समय-समयमा मौन धारण गर्छौ भने हाम्रो उमेर बढ्न सक्छ । अन्यथा धेरै बोल्ने मानिसको शारीरिक उर्जामा कमी हुन्छ र लामो समय बाच्न सक्दैनन् ।

– हामी सबैलाई थाहा छ रिस मानिसको सबैभन्दा ठूलो शत्रु हुन्छ । रिसका कारण हामीले धेरै पटक गलत काम पनि गर्ने गर्छौ, जसले भविष्यमा आफैलाई बेफाइदा गर्छ । रिसको कारण हाम्रो शारीरिक उर्जा पनि धेरै खर्च हुन्छ । जसले व्यक्तिको उमेरमा कमी ल्याउँछ । अधिक क्रोध गर्ने मानिसको उमेर कम हुनुका साथै रोगी पनि हुन्छन् र सय वर्षको उमेर पुग्नुभन्दा निकै चाँडै मृत्यु वरण गर्न पुग्छन् ।

– जो मानिसहरू भौतिक सुख-सुविधानहरूको मोह गर्छन्, शारीरिक श्रम गर्दैनन्, आफ्नो शरिरलाई अल्छि बनाउँछन् उनीहरू कम उमेरमा नै रोगी हुन्छन् र चाँडै मृत्युको मुखमा पुग्ने गर्छन् । हरेक दिन उचित रूपमा शारीरिक श्रम गर्नु फाइदाजनक हुन्छ । सुख–सुविधाहरूको मोह छाडेर आफ्नो शरिरलाई स्वस्थ बनाइराख्नका लागि नियमित रूपले केही न केही शारीरिक श्रम गर्नुपर्ने हुन्छ ।

– जसले आफ्नो घनिष्ट शाथीलाई धोका दिन्छन्, उनीहरू अवसश्य पनि कुनै ठूलो समस्यामा पर्ने गर्छन् र उक्त समयमा उनीहरूलाई मद्धत गर्ने कोही पनि हुँदैनन् । जब कुनै मानिसले एक पटक धोका दिन्छ तब, अन्य मानिसले पनि उसलाई विश्वास गर्न छोड्दछन् । यस्तो अवस्थामा जब विपरित समय आउँछ र मित्रहरूको आवश्यकता हुन्छ, तब कुनै मद्धत गर्ने भेटिँदैन । विपरित समयलाई साथीको सहयोगबाट मात्र पार लगाउन सकिन्छ अन्यथा यस प्रकारको स्थितिले कहिलेकाँही मृत्यु तुल्य कष्ट दिने गर्छ ।

– जो मानिसहरू स्वार्थी हुन्छन्, मात्र आफ्नो स्वार्थ पूर्तीका लागि काम गर्छन्, उनीहरू पनि लामो समयसम्म जीवित रहन सक्दैनन् । यस्ता मानिसहरू मानसिक समस्याबाट पीडित हुन्छन् । अत्याधिक स्वार्थी स्वभावका मानिसहरुलाई समय-समयमा मृत्यु जत्तिकै कष्ट सहनुपर्ने हुन्छ ।


  •  
  •  
  •