बिना इन्टरनेट कसरी खोल्ने जीमेल ?

318
  •  
  •  
  •  

gmail-logoतपाई यदी इन्टरनेटको पहुँचमा हुनुहुन्न तर, तपाईलाई जीमेलको म्यासेज हेर्नुपर्नेछ भने तपाईलाई तनाव हुनु स्वभाविक नै हो । तर, अब इन्टरनेट नभएर तनाव लिन नपर्ने भएको छ । हो, गुगलले एउटा यस्तो इमेल एप्लिकेशन सार्वजनिक गरेको जसले तपाईलाई बिुना इन्टरनेट नै जीमेलका म्यासेजहरू हेर्ने सुविधा प्रदान गर्छ । उक्त एप्लिकेशनको नाम हो INBOX । यस एप्लिकेशनको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो इमेल एड्रेसमा आएका मेलहरू हेर्न सक्छन् र त्यसको रिप्लाई पनि गर्न सक्छन् ।

उक्त एप्लिकेशनलाई गुगल नाऊको मद्धतले सिंक्रोनाईज गरिएको छ र यो अन्य एप्लिकेशन जस्तै तिव्र र रोचक छ । जीमेलको प्रयोग धेरैले गर्ने गरेका छन् र धेरै जानकारी तथा दस्तावेजहरू पनि जीमेलमा सुरक्षित राख्ने गर्छन् ।

यसरी जीमेलमा बिना इन्टरनेट कसरी काम गर्ने थाहा पाऔः

– सबैभन्दा पहिले इनबक्सको दायाँ भागको माथि रहेको setting icon मा click गर्ने ।

– यसपछि setting मा गएर अफलाइन ट्याब खोल्ने

– यदी तपाईको system मा क्रोम एक्सटेन्सन छैन् भने Install Gmail Offline ट्याबमा क्लिक गर्ने ।

– यसपछि क्रोम एक्सटेन्सन पेज खुल्छ, जसमा जीमेल अफलाइन एप्लिकेशन इन्स्टल गर्न सकिन्छ ।

– यसपछि जब तपाईलाई अफलाइन मेसेज चेक गर्नुपर्ने हुन्छ तब यो एप्लिकेशन लन्च गर्ने । यसबाट तपाईले बिना इन्टरनेट जीमेल प्रयोग गर्न सक्नु हुन्छ ।


  •  
  •  
  •