बुटवल बजार क्षेत्रका ३ सय ११ घरमाथि चल्यो डोजर

262
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाउपर अदालते सुनवार्इ गर्दै अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेपछि ३ सय ११ घरमाथि डोजर चल्ने भएको छ।

लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढाउने क्रममा उक्त घरहरु भत्काउन
लागिएको हो।

टवल–बलहिया सडक विस्तार आयोजनाले मंगलबारदेखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउन शुरु गरेको आयोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठलेबताए।

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा रहेका छन् । जम्मा २५ घरधनीले मात्र अहिले सम्म स्वइच्छाले घर भत्काएले बाँकी घर डोजरले भत्काउन लागिएको आयोजनाका इञ्जिनियर श्रेष्ठले बताए।

आयोजनाले १५ दिने सूचना पटक पटक जारी गरे पनि घरधनीले अटेर गरेपछि डोजर लगाइएको अायाेजनाले जनाएकाे छ।

पछिल्लो पटक आयोजनाले जारी गरेको सूचनाको मिति सोमबार सकिएपछि सडक विस्तार कार्यलार्इ तिब्रता दिएकाे हो।
यहाँ व्यवसायिक सटरहरू र अस्पतालहरू पनि सडक संरचनाभित्र परेका छन् ।

विगत ३ वर्षदेखि ७/८ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन अायाेजनाले सूचना जारीगरे पनि घरधनीहरुले अटेर गरेकाे आयोजनाका इञ्जिनियर श्रेष्ठले बताए।

आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ । ४ वर्ष अगाडि चार लेनमा निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो । यहाँका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए । जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । तर,यहाँका सडक संरचनाभित्र घर बनाएका घरधनीहरू आफूहरूलाई उचित व्यवस्थापनको माग गर्दै बुटवलमा आन्दोलन गर्न थालेका छन् ।


  •  
  •  
  •