राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो कार्यसूची

224
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (ओएनएस) : संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा र तत्लो सदन प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे छुुट्टाछुट्टै बैठक बस्नेछ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेको थियो।

प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने मंगलबारको बैठकको कार्यसूची रहेको छ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार कार्यसूचीमा दुवै सदनले बैठकको अध्यक्षता गर्ने र सञ्चालन गर्ने मुख्य व्यक्तिको निर्वाचनको मिति तय गर्नेछ।

बैठकको पहिलो कार्यसूचीमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति तय हुनेछ।

यसैगरी, बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताले सदनलाई सम्बोधन गर्नेछन्।

अहिले राष्ट्रियसभामा नेकपा ९एमाले० का २७, नेपाली कांग्रेसका १३, नेकपा ९माओवादी केन्द्र०का १२ तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालका दुई दुई जना सदस्यको प्रतिनिधित्व छ ।

राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व छ। ६ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। प्रतिनिधिसभाबाट गएको अर्थ विधेयक १५ तथा अरु विधेयक दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्ने राष्ट्रियसभाको दायित्व हुनेछ।

राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो। राष्ट्रियसभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्षको निर्वाचन गर्नुपर्ने सवैधानिक व्यवस्था छ।


  •  
  •  
  •