नक्सा पास भएका भवन बनाउन र तला थप्न पाइने  

169
  •  
  •  
  •  

काठमाडौं,  ९ असार (ओएनएस) : सरकारले असार मसान्तसम्म देशभरमा नयाँ घर निर्माण गर्न नपाउने नियमलाई लचिलो बनाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालले राजस्व तिरेर दर्ता गरी निर्माण अनुमति लिन प्रक्रियामा रहेका भवनहरुको नक्शापास स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि जेठ चार गते सरकारले नक्शापास गर्न र भवन निर्माणको अनुमतिमा प्रतबन्ध लगाइएको थियो ।

मन्त्रालयले बुधबार विज्ञप्ति मार्तफ नक्शापास गरिसकेका भवनहरुलाई निर्माणका लागि लगाएको प्रतिबन्ध हटाएको हो । अब नक्शापास गरेको र निर्माण सुरु भइसकेको भवनमा तला थप्न  पाइनने छ । मन्त्रालयले नक्शापास गरी निर्माण गरिएको, भूकम्पले क्षति पुर्‍याएको तर मर्मत गर्न मिल्ने भवनलाई पनि निर्माण अघि बढाउन स्वीकृति दिने निर्णय पनि गरेको छ।

यसअघि असार मसान्तसम्म देशभर नयाँ घर निर्माणका लागि नक्सा पास नगर्ने तथा दर्ता गरिसकेकाले समेत असार मसान्तसम्म अनुमतिका गर्नुपर्ने बताइएको थियो भने  निर्माण भैरहेका भवनहरुले समेत २ तल्ला भन्दा बढी बनाउन नियम ल्याइएको थियो । बुधबारको निर्णयपछि भने अब भवन निर्माणको लागि बाटो खुलेको हो । नयाँ आर्थिक वर्षपछि छुट्टै भवन संहिता ल्याउइने बताइएको छ । त्यसपछि मात्र नयाँ भवन निर्माणको लागि अनुमतिक पाइनेछ ।

भूकक्पले घरहरुमा क्षति भएपछि सरकारले भवन निर्माणको लागि बाटो छेकेको थियो भने  मापदण्डविपरीत नक्सा पास गर्ने कर्मचारीलाई कारबाही  गरिने निर्यण गरेको थियो ।

house


  •  
  •  
  •