काठमाडौं, १ साउन (ओएनएस) । महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका एमाले नेता माधवकुमार नेपाललाई सर्मथन गरेको भन्दै राजधानीको नयाँ बानेश्वरस्थित अर्याल होटलमा एक हुलले बुधबार राति तोडफोड गरेको छ ।
नवलपरासीका होटल सञ्चालक सुरेश अर्यालले अध्यक्ष नेपालको समर्थन गर्दै आएका थिए । नेपाललाई समर्थन गरेको भन्दै युवा संघका कार्यकर्ता भनिएका प्रदीप खत्रीको नेतृत्वमा आएको जत्थाले होटलमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत कामदारलाईसमेत कुटपिट गरेका हुन् । होटलमा तोडफाड भएपछि होटलसञ्चालक अर्यालले प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएका छन् । गुल्मीको खत्री युवा संघका अध्यक्ष महेश बस्नेतका विश्वास पात्र भएको नेपाल समूहले जनाएको छ ।
होटलमा तोफोड र कुटपिट भएपछि नेपाल पक्षीय नेताहरुले कडा आपत्ती जनाएका छन् । नेपाल पक्षीय नवनिर्वाचित पार्टी सचिब योगेश भट्टराईले होटलमा तोडफोड गरिनु अत्यन्तै निन्दनी कार्य भएको बताए । उनले ओएनएससँगको कुराकानीमा भने, ‘यो घटना निन्दनीय छ, यस्तो कार्याले पार्टी कसरी चल्छ भन्ने शंका उब्जाएको छ । छानविन गरी दोशीमाथि कडा काबाही हुनुपर्छ ।’
होटल सञ्चालक अर्यालले रातिमा आएको समूहले होटलको पालेमाथि कुटपिट गरेर होटलमा तोडफोड गरिएको जानकारी दिए । उनले भने, ‘रातिमा आएको समूहले गमलाले तोडफोड ग¥यो, झण्डै हामीले ज्यान बचायौं ।’
घटनापछि नेपाल नेपाल, नवनिर्वाचित उपमहासचिब घनश्याम भुषाल र सचिब योगेश भट्टराईलागायतको टोली बिहीबार होटलमा पुगेको थियो । नेता नेपालले पनि घटना निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । उनले दोशीमाथि कडा कारबाही हुनुपर्ने बताएको होटल सञ्चालक अर्यालले जनाए ।
सो होटलमा महाधिवेशनका लागि नेता नेपालले समपर्क कार्यालय बनाएका थिए ।
Comments are closed.