झण्डै १ हजार होटल बन्द, करोडौको कारोवार ठप्प

325
  •  
  •  
  •  

चितवन, ११ फागुन (ओएनएस) :  शनिबार प्रहरीले चितवनका दर्जनौ हाटेलमा छापा मार्यो । यौन व्यवसाय चलाएको आशंकामा । त्यसमा प्रहरीले करिव ५० जोडीलाई पक्राउ गर्यो । ती मध्ये केही त श्रीमान श्रीमति पनि परे ।

श्रीमान श्रीमति परेकोमा प्रहरीले माफि त माग्यो बाँकी यौन कार्यका लागि नै हाटेलमा बसेको प्रहरीले दावी गर्यो । तर, प्रहरीले व्यवसाय बन्द गर्ने रणनीति बनाएको आरोपसहित होटल व्यवसायीलाई आक्रोसित बनायो । त्यसैको विरुद्ध आजदेखि आन्दोलन सुरु भएको छ ।

nepal_newschitwon_jodi_6
सुरक्षितरुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै आजदेखि चितवनका होटल ब्यवसायीले आन्दोलन सुरु गरेका छन् । होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्ला भित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ ।

मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मको लागि बन्द गरिएका छन् । संघका जिल्ला अध्यक्ष डासीराम ढकाल अनाबश्यक दुःख दिएकाले होटल बन्द गरेको बताउँछन् । होटल बन्द्यबाट करोडौको क्षति हुनेछ । बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यको विरुद्वमा आन्दोलनमा उत्रनु परेको बताए ।

‘जबसम्म सुरक्षित वातावरण बन्दैन तब सम्म हामी व्यवसाय गर्न सक्दैनौं’। संघका निवर्तमान अध्यक्ष इमान्दु बरालले भन, ‘प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि वेवास्ता गरि जबरजस्ती ग्राहकहरुलाई हिरासतमा लैजाने कार्य निन्दनीय छ । ’ प्रहरीको यस्तो हर्कतले आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा पर्ने गरेको उनले बताए ।

बरालले यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ गरेकाहरुलाई प्रमाणित गरेर वेश्यावृति ऐन २०५९ बमोजिम नै कारवाही गर्न चुनौती दिए । चितवनमा ८ सयभन्दा बढी होटलहरु रहेका छन् । एक दिन होटल बन्दा हुँदा करोडौ कारोवार बन्द हुने व्इवसायीको भनाई छ । प्रहरीले ५० वर्ष उमेर समूहका पुरुष समेतलाई नियन्त्रणमा लिएको थियो ।

Chitawan
नारायणगढको पुल्चोक, न्यूरोड, पोखरा वसपार्क, पारस वसपार्क क्षेत्रमा खोलिएका होटल, लज र रेस्टुरेन्टमा हुँदै आएको अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापा मार्दा १७ जना महिला र १२ जना पुरुषहरु यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।
जसमध्ये ५ जोडी भने श्रीमान–श्रीमती भएकोले आवश्यक अनुसन्धान गरि घर पठाइएको थियो ।
प्रहरीले न्यू धौलागिरी, दिव्य होटल, लमजुङ्ग देउराली, सौगात होटल, अन्नपूर्ण होटल, कैलाश लज, महालक्ष्मी गेष्ट हाउस, धौलागिरी तन्दुरी, फेमेली गेष्ट हाउस र लमजुङ्ग चोथा गोर्खा होटलबाट ती युवायुवतीलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •