८ अर्ब लगानी रहेको शेराटन होटलको शिलन्यास

49
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : काठमाण्डौंको केशरमहलमा बन्न लागेको पाँचतारे शेराटन काठमाडौं होटलको प्रधानमन्त्री सुशील कोईरालाले शिलन्यास गरेका छन् ।

गैर आवासीय नेपाली संघ(एनआरएन)का अध्यष शेष घलेसहितको लगानीमा बन्न लागको होटेलको प्रधानमन्त्री कोईरालाले शनिबार एनआरएन दिवसको अवसर पारेर शिलन्यास गरेका हुन् ।

होटलको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले यसले लगानीको बाटो खुलेको बताए । उनले शेराटन होटलको शिलन्यासले नेपालको विकासको सुरुवात गरेको बताए । प्रधानमन्त्री कोईरालाले लगानीमत्री वातावरणको विश्वास दिलाएको र पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लगानीकर्ता घलेले नेपालमा लगानीमत्री वातावरण नहुँदा पनि आफूहरुले लगानी गरेको भन्दै अब लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे ।

घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र शेराटन ब्राण्डले चिनिएको सिंगापुरको अन्तराष्ट्रिय स्टारबुड होटल एण्ड रिसोर्ट वल्र्डवाइडबीचको सहमतिमा शेराटन ब्राण्डमा होटल बनाउन लागिएको हो । सन् २०१८ फेब्रुअरीसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको होटलको लागानी झण्डै ८ अर्ब रुपयाँ अनुमान गरिएको छ ।


  •  
  •  
  •