‘युरोपियन स्ट्याण्डर्ड’को तारे होटल काठमाडौंमा

77
  •  
  •  
  •  

काठमाडौँ, २३ असोज (ओएनएस) :  काठमाडौंको केशरमहलमा बन्न लागेको पाँचतारे शेराटन काठमाडौं होटलको एनआरएन दिवसको अवसरमा शुक्रवार शिलान्यास हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेसहितको लगानीमा बन्न लागेको सो होटालको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने भएका छन् ।

SHERATON KATHMANDU 2घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र सेराटन ब्राण्डले चिनिएको सिंगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एण्ड रिसोर्ट वल्र्डवाइडबीचको सहमति अनुसार सेराटन ब्राण्डमा सो होटल बनाउन लागिएको   हो ।
अहिले होटलको डिजाइनको काम भइरहेको अध्यक्ष घलेले जानकारी दिए । शिलान्यास लगतै निर्माण सुरु गनेछौं उनले भने ।

सेराटन विश्वब्यापी रुपमा चिनिएको होटल ब्राण्ड हो । निर्माणाधीन होटलमा सेराटनले अपरेसन सर्भिस, सिस्टम लाइसेन्स, डिजाइन रिभ्यु र सेन्टरलाइज सर्भिसका रुपमा विदेशी पुँजी र प्रविधि भित्र्याउनेछ । होटल सन् २०१८ फेब्रुअरीसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

होटलमा २ सय २५ कोठा हुनेछन् । होटल सञ्चालनाका लागि करिब ८ अर्ब लगानी लाग्ने उनको अनुमान छ । होटलको निर्माण अवधिका तीन वर्षमा ५० हजार र सञ्चालन शुरु भएपछि ४ सय ५० जनाले रोजगारी पाउनेछन् । होटलमा चार वटा फुड एण्ड वेभरेज आउटलेट, एउटा आईटी हब, स्पा, स्वीमिङ पुल, फिटनेट सेन्टर तथा १ हजार ५ सय वर्ग मिटरको सभाकक्ष बनाउने तयारी गरिएको छ ।


  •  
  •  
  •