८६ किलोमिटर भित्र पर्ने होटलमा झण्डै खाना र खाजामा ९३ करोडको खर्च

173
  •  
  •  
  •  

काठमाडौं १२ साउन (ओएनएस) : राजमार्गमा रहेका होटलहरुमा कति यात्रुले खाना र खाजा खान्छन् होला ? एक दिनमा सयौं बस आहोर दोहोर गर्छन । जति बस ओहोर दोहोर गर्छन खाना पनि त्यसै अनुसार खाने गरेको पाइएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङखण्डमा सञ्चालित होटलमा मात्रै एक वर्षको अवधिमा करिब ५८ लाख यात्रुले खाना र खाजा खाने गरेका एक अध्यनले देखाएको छ । राजधानी भित्रिने र बाहिरिने यात्रुबाहक सवारीसाधनमा यात्रा गर्नेले होटलमा खाना खाजा खाने र ठूलो रकम खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

धादिङमा ८६ किलोमिटर मुख्य राजमार्गमा भए पनि ४० किलो मिटरभित्र खोलिएका ३२ वटा यात्रु होटलमा दैनिक १६ हजार यात्रुले खाना खाजा खाने गरेको तथ्याङ्क छ । ती यात्रुले वार्षिक रूपमा ९२ करोड १९ लाख ८६ हजार २५० रुपियाँ बराबर खर्चने देखिएको छ । धादिङको राजमार्ग क्षेत्रमा रहेका होटलको प्रारम्भिक अध्ययनपछि फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरिएको प्रारम्भिक चरणको अध्ययन प्रतिवेदनमा ५७८ वटा दिवा तथा रात्रि बस र ३५८ वटा माइक्रोबसका १५ हजार ६२५ जना यात्रुले दैनिक खाना तथा खाजा खाने गरेको उल्लेख छ ।


  •  
  •  
  •