कति कमाउँछिन् यी हट नायीकाले ?

652
  •  
  •  
  •  

काठमाडौं, २३ साउन (एजेन्सी) : अभिनेत्री सान्ड्रा बुलक हलिउडकी सर्वाधिक मह“गी अभिनेत्री बनेकी छन् । फोब्र्स पत्रिकाले सर्वाधिक कमाउने अभिनेत्रीको सूचीमा उनी सबैभन्दा अगाडि रहेको सार्वजनिक गरेको छ ।

बुलकले अभिनेत्री जेनिफर लोरेन्स र जेनिफर एनिस्टनलाई समेत पछि पारेकी छन् । फोब्र्सले सूची यसै साता सार्वजनिक गरेको थियो ।

यो वर्षको ओस्कार समारोहमा चलचित्र ‘ग्रैविटी’ बाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार बुलकले पाउने आश गरिएको थियो । तर, पुरस्कार उनको हातमा परेन । तैपनि ‘ग्रैविटी’ कै कारणले बुलक २०१४ को सबैभन्दा बढी कमाउने अभिनेत्री भएकी छन् । २०१३ जुनदेखि २०१४ को बीचमा उनले ५.१० करोड डलर आम्दानी गरेकी छन् ।

सर्वाधिक कमाउने अभिनेत्रीको दोस्रो स्थानमा अभिनेत्री जेनिफर लोरेन्स आएकी छन् । २३ वर्षीया जेनिफरले यस वर्ष ३.४० करोड डलर कमाइ गरेकी छन् । यसको अलवा उनले ‘दहंगर गेम्स’ पनि कमाएकी छन् । त्यस्तै तेस्रो स्थानमा आउने जेनिफर एनिस्टनले ३.१० करोड डलर कमाएकी छन् ।

सर्वाधिक कमाउने अभिनेत्रीको सूचीको चौथो र पा“चौं स्थानमा क्रमशः अभिनेत्री ग्वेनिथ पाल्ट्रो, एन्जेलीना जोली र क्यामरन डियाज आएका छन् । पाल्ट्रोको कमाइ १.९० करोड डलर रहेको छ भने जोली र डियाजले १.८० करोड कमाएका छन् । १.७० करोड कमाइका साथ सुन्दर अभिनेत्री स्करलेट जोहान्सन छैठौं स्थानमा आएकी छन् । सार्वजनिक शीर्ष दश मह“गो हलिउड अभिनेत्री सूचीमा एमी एडम्स, नताली पोर्टम्यान र क्रिस्टीन स्टीवर्टको नाम पनि सामेल छ ।


  •  
  •  
  •