क्याफेबाट भाग्न सफल महिला प्रहरीलाई समातेर क्वाँ-क्वाँ रोइन्…(फोटोफिचर)

295
  •  
  •  
  •  

काठमाडौ, २९ मंसिर(एजेन्सी) : सिड्नीको मार्टिन प्यालेसमा बन्धक बनाइएका मानिसहरुलाई मुक्त गर्ने प्रयासमा अष्ट्रेलियाली सुरक्षा संयन्त्र लागिपरेको छ । यस क्रममा बन्दुकधारीहरूको बन्धनबाट ५ जना भाग्न सफल पनि भएका छन् । उनीहरू इमरजेन्सी एक्जिटबाट भाग्न सफल भएका हुन् ।

भाग्न सफल भएकामा ३ पुरूष र २ महिला छन् । तीमध्ये २ महिला र २ पुरूष सोही क्याफेका कर्मचारी थिए । बन्धनबाट भागेर बाहिर आएपछि उनीहरुको मुहार भावुक थियो । पाँच जना मध्येकी एक महिला भागेर बाहिर आउने क्रममा प्रहरीको सामुन्ने पुग्ने प्रयास गर्दै दौडँदै थिइन् । त्यसबेला उनी निकै भावुक र आँशु समेत झारेकी थिइन् । उनको आँखामा आँशुका साथै जीवनको संघर्ष गरेको झलक समेत देखिन्थ्यो ।

न्युज संस्था रोयटर्सले ती महिला क्याफेदेखी प्रहरीसम्म पुग्दाका दृश्यहरू आफ्नो क्यामरामा कैद गरेको थियो । महिला जब प्रहरीसामु पुगिन्, तब प्रहरीलाई समातेर रून थालिन् । क्याफेभित्र अल कायदासँग सम्बन्धित रहेका जबात नुसराका दुई बन्दुकधारीले दर्जनौ मानिसलाई बन्धक बनाएका छन् ।

हेरौ ती महिलाको क्याफेदेखी प्रहरीसम्मको यात्रा…

hostage-runs-towards-a-police-officer4 hostage-runs-towards-a-police-officer5 hostage-runs-towards-a-police-officer hostage-runs-towards-a-police-officer1 hostage-runs-towards-a-police-officer2 hostage-runs-towards-a-police-officer3

यो पनि पढ्नुस्…

सिड्नीको क्याफेमा मात्र २ बन्दुकधारीले बन्धक बनाए करिब ५० जना…


  •  
  •  
  •