अब स्वागतको पढार्ई

147
  •  
  •  
  •  

काठमाडौं ७ कात्तिक (ओएनएस) :  समय फेरीएको छ । मान्छेको जीन्दगी न हो, समयपछि लागेर हुँइकीनु पर्ने । ढुंगे युगका ती मान्छे जंगलमा घाँसपात र रुखका बोक्रा खाएर जीन्दगी कटाउँथे । मान्छे त्यही तर विस्तारै परिवर्तन हुँदै आयो । परिवर्तन पनि यसरी भयोकी अहिले त्यही मान्छे चन्द्रमामा बस्ती बसाल्नसम्म पुग्यो ।
कुनै बेला होटेलमा काम गर्छु भन्ने वित्तिकै सबैले जिज्याउँथे । जसलाई मान्छेले मान्छे नै गन्दैनथेँ र भन्दैनथँे पनि । अहिले त्यही मान्छे होटेलमा फुल पोजेटिभ छ र लाखौं रुपैयाँ खर्च गरी अध्ययन गर्दै छ । जहाँ नाम निकाल्लन पनि ठूलै प्रतिस्पर्धा हुन्छ ।

कुनै पनि व्यापार गर्ने व्यापारीको लागि ग्राहक सबैभन्दा महत्वपूर्ण भाग हो । व्यापारीको व्यक्तिगत व्यवहारले पनि उसको व्यापारमा ठूलो प्रभाव पारेको हुन्छ । सुरु–सुरुमा थोरै होटेल थिए, ग्राहक वा पाहँुनापनि थोरै आउथे र व्यापार पनि थोरै हुन्थ्यो । तर अहिले बजार फराकिलो भएको छ । त्यही फराकिलो बजारका होटेलमा भविश्य देखेका छन्, कलंकीका संजीब शाक्यले । होटेल, रेष्टुरामा आउने पाहुँनाहरुको स्वागत, सत्कारसँगै आथित्यमा आफ्नो जीवन व्यथीत गर्न कस्सीएका संजीव, त्यसको सुक्ष्म अध्ययनमा डुबेका छन् । बुधबारको चियो मौंसममा कुपण्डोलमा रहेको आइटा हस्पिटालिटी म्यानेजम्यान्ट कलेजको प्रांगणमा कफि लिदै गफिदै संजीबले भने ‘पहिले अवसर छ भन्ने, सुनेको मात्र थिए, अध्ययनमा लागेपछि थाहा भयो नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो अवसर रहेछ ।’

287048_110923134057351_STD
शाक्य ब्याचलर् अफ साइन्स इन हस्पिटालिटी एण्ड क्याटेरिङ म्यानेजम्यान्ट (बिएस्सी एचसिएम) का पाँचौ सेमेष्टरका विद्यार्थी हुन् । विशेष गरी पश्चिमा मुलुक अमेरिका, युरोपसँगै छिमेकी भारतको प्रभाव परेकाले नेपालमा पनि यो अध्ययनका कजेलहरु संचालनमा आएका छन् । होटेल व्यवस्थापनको लागि (बिएस्सी एचसिएम) अध्ययनमा सकिनसकी तन्नेरी लागेका छन् । कालो सुट, सेतो सर्ट र टाइमा देखिएका सुवास रेग्मीले जागीरको राम्रो अवसर देखेर (बिएस्सी एचसिएम) अध्ययनमा लागेको बताए । उनले प्लस टुमा होटेल म्यानेजम्यान्ट पढेका हुन् ।
पाँचौ सेमेष्टरको अध्ययनमा रहेका रेग्मीले भने ‘अनुसाशनको बानी बसेको छ । कुनै मान्छेलाई बोलाउँदा र बोल्दा पनि धेरै ख्याल गर्नु पर्ने रहेछ ।’

तीन वर्षे (बिएस्सी एचसिएम) अध्ययनमा खास गरी होटेल, रेष्टुरामा आउने ग्राहक वा पाहुँनाहरुलाई व्यवस्थितसँगै, आथित्य, स्वागत, सत्कार गर्ने भन्ने विषय समेटिएका छन् । सुवास प्वाक्क बोल ‘(बिएस्सी एचसिएम) अध्ययन पछि यो व्यवसाय पैसा कमाउँने मात्र नभएर पैसा बनाउँने उद्योग रहेछ ।’ ‘राम्रो अवसर छ, तर नेपालका सबै होटेलहरुमा दल संवद्ध युनियनले गर्दा जागीर पाउन उनीहरु कै युनियनको सदस्य बन्नु पर्ला सुवास मज्जाग गर्दै भन्छन् नत्र पाँचतारे होटेलमा घुस्न सकिन्न ।’ प्लस टुमा आइएस्सी पछि एक वर्षको डेन्टल हाइजिनिक अध्ययनलाई लात हानेर (बिएस्सी एचसिएम) मा कुदेका छन् सिनामंगलका संजय यादव फूर्तिएलो देखिने यादव जसरी पनि रेष्टुरामा मज्जासँग जम्ने मोडमा छन् । पहिलेदेखि नै होटेल लाइनेको अध्ययन गर्ने रुँचि थियो बल्ल पुरा भयो भन्दै यादव हौसिदै थिए ।

हस्पिटालिटीको खास अर्थ होटेलमा आउने पाँहुना वा ग्राहकलाई स्वागत सत्कार गर्नु हो, आइटा हस्पिटालिटी म्यानेजम्यान्ट कलेजका प्रमुख प्रशान्त बेनेर्जीले भने । उनका अनुसार हस्पिटालिटी म्यानेजम्यान्टमा रेष्टुरा वा क्याटेरिङ र सबै प्रकारका होटेललाई चाँहिने जनशक्ति उत्पन्न हुन्छ । खानाको परिकार (कुक), मासुको परिकार, मासु विहीनको परिकार, बेकरी परिकार लगाएतका होटेल, रेष्टुरा व्यवस्थापनलाई आवश्यक पर्ने सबै विषयको अध्ययन हुने वेनेर्जीको भनाइ छ । ४ वर्ष अघि सिक्कीमको मणिपाल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजको ३ वर्षे अध्ययन हो जस्मा ६ ओटा सेमेस्टर हुन्छ । तीन वर्षको अध्ययनमा २२ हप्ता कलेज कै सिफारिसमा विद्यार्थीहरु होटेलहरुमा अभ्यास गर्न जान्छन् ।
वेनेर्जीले भने ‘हस्पिटालिटी अध्ययनले नेपालका पाँचतारे होटेलदेखि विदेशका ठूल–ठूला होटेलमा सजिलै जागीर पाइन्छ ।’ यस कलेजमा प्लस टुमा जुनसुकै संकयबाट पास गरेपनि (बिएस्सी एचसिएम) अध्ययनका लागि योग्य हुन्छन् ।

Hospitality 1
निजी रुपमा खुलेका यी कलेजमा अध्ययनका शुल्क फरक–फरक छ । तीन वर्षे अध्ययनमा आइटा कलेजमा ३ लाख ८४ हजार लग्ने प्रमुख बेनर्जीले बताए । रकम धेरै खर्च हुने हुदाँ राम्रो र दक्ष कलेजमा यो विषय अध्ययन गर्ने सल्लाह दिन्छन् तन्नेरी संजीव शाक्य । रकम मात्रै लिएर ठग्ने कलेज पनि छन् त्यसैले समयमा दिमाक लगाउँनु पर्ने भन्छन् ।
हस्पिटालिटी म्यानेजम्यान्ट अध्ययनको सुरु पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी झण्डै एक दशक अघि पोखरामा नेपाल टुरिजम एण्ड होटेल म्यानेजम्यान्ट कलेज भएको हो । नेपालमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय पोखरा विश्वविद्यालय र भारतको सिक्किम स्थित मणिपाल विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी अहिले झण्डै २८ कजेलहरु सञ्चालनमा छन् ।


  •  
  •  
  •