बीर अस्पतालको समस्या समाधान गर्न आज छलफल

164
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) : वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनका विषयमा सरकारले आज टुङ्गो लगाउने भएको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजगत्वमा आज बैठक बसि टुगो लगाइने उनको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री अधिकारीले मंगलबार उपकुलपति सिफारिस समितिका सदस्य र सरोकारवालासंग छलफल गरेका थिउ । समस्या समाधानका लागि सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति सहित पदाधिकारी नियुक्ति गर्न तत्परता देखाएको छ ।आवासीय चिकित्सकले राखेका माग पछि पुरा गर्नेगरि उपकुलपति र पदाधिकारी नियुक्तको प्रक्रिया अघि बढाउने तयारी छ । आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि वीर अस्पतालमा चार दिनदेखि उपचार सेवा प्रभावित भएको छ ।


  •  
  •  
  •