हृदयघातका कारण प्रकाशको निधनः अस्पताल

268
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर (ओएनएस) :
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको अस्पतालले बताएको छ । अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. यादव भट्टले हृदयघातका कारण अस्पताल ल्याउन अघि नै प्रकाशको मृत्यु भएको जानकारी गराए ।

प्रकाशलाई आइतबार बिहान अस्पताल पु¥याइएको थियो । चिकित्सकका अनुसार अस्पताल ल्याउनुभन्दा तीन घण्टा अगाडि नै प्रकाशको मृत्यु भएको थियो । घरमा प्रकाशकी आमा सिता र भान्जीहरु मात्रै थिए । चुनावी प्रचारका लागि चितवनमा रहेका दाहाल सन्चो नभएको भन्दै केहीदिन अघि काठमाडौँ फर्किएका थिए ।

दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय कोटेश्वरमा राखिएका छ । उनको आजै अन्त्येष्टी गरिने भएको छ ।


  •  
  •  
  •