१३ दरबन्दी भएकाे जिल्ला अस्पताल दुर्इ मेडिकल अधिकृतकाे भरमा

160
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): १३ दरबन्दी भएकाे उदयपुर जिल्ला अस्पताल दुर्इ मेडिकल अधिकृतकाे भरमा चल्दा सेवाग्राहीलार्इ सेवा लिन दिनै वित्ने गरेकाे छ। अस्पातलमा सेवा लिन अाउने अधिकांस सेवाग्राहीहरु विहना अाएर साँझै फर्किने बाध्यता रहेकाे बताएका छन्।

अस्पताल प्रशासन स्राेतका अनुसार माथिल्लाे निकायमा पटक पटक स्वस्थयकर्मीकाे माग गरेपनि सुनवार्इ नभएकाे हाे।

शुक्रबार उदयपुर अाएका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलार्इ ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अधिकृतबाट मात्र अस्पताल सञ्चालन भएको अस्पताल प्रशासनले जानकारी गराएकाे थियाे।

विकासमन्त्री जीवन घिमिरेले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा विशाल देवले बताए।

विकासमन्त्री घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेकाे जिल्ला अस्पतालमा चाँडाे भन्दा चाँडाे चिकित्सकको दरबन्दी पूर्ति गरिने बताए ।

अस्पतालमा नर्सको पनि दरबन्दी पूरा नभएको र औषधिको अभावका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ । अस्पतालको अनुगमनपछि अस्पताल छाडेर अन्यत्र जाने र कर्तव्य पूरा नगर्ने डा वा कर्मचारीलाई तत्काल आफूहरुले कारबाही गर्ने चेतावनीसमेत मन्त्री घिमिरेले दिए।

जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिकोसमेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौँ हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन् ।


  •  
  •  
  •