काठमाडौं ६ चैत ।
सुत्केरी आमाको मृत्यु भएपछि नवजात शिशुलाई बाबुले अस्पतालमै छोडेर गएपछि अस्पताल प्रशासन समस्यामा परेका छन् ।नवजात शिशुलाई आफू एक्लैले पाल्न नसक्ने भन्दै बाबु वीरबहादुर मल्लले जिल्ला अस्पतालमै छोडेर गएका छन् ।अस्पतालका अनुसार घरमा सानासाना दुई छोरा र तीन छोरी रहेकाले नवजात शिशुलाई आमाको मृत्युपछि घरमा लगेर पाल्न नसक्ने बीरबहादुरले बताएका छन् ।
वीरबहादुरलाई सम्झाएर बच्चा जिम्मा लगाउने प्रयास भइरहेको जिल्ला अस्पतालकी आमा सुरक्षा कार्यक्रम फोकल पर्सन सरोजा घिमिरेले बताइन् । उनले बताइन् ‘शिशुमा जन्डिस देखापरेको छ । यो त निको होला तर उसलाइ दूध कसरी खुवाउने भन्ने समस्या छ । फोतु-३ की जनकला मल्ल आइतबार घरमै सुत्थ्केरी भएकी थिइन् तर साल नझरेपछि छिमेकी गाविस नार्थपुमा रहेको इलाका स्वास्थ्यचौकीमा लगिएको थियो ।
त्यहाँ पनि साल नझरेपछि बिहीवार जिल्ला अस्पताल ल्याइएकी उनको राति मृत्यु भयो ।मृतक ३५ वर्षीया जनकलाको कोखबाट नवजात शिशुसहित ६ सन्तान जन्मिएका छन् । चारवटा गर्भ खेर गएको उनका आफन्तले बताए ।
नागरिकबाट