‘देशभरका स्वास्थ्य संस्थामा ९२ हजार जनशक्ति आवश्यक’

111
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन्।

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले देशभरका स्वास्थ्य संस्थामा सहज सेवा प्रवाहको लागि ९२ हजार जनशक्ति आवश्यक पर्ने बताएका हुन्।

स्वास्थ्य सेवा सबैमा पुर्‍याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको परिपूर्ति गर्न आफू क्रियाशील रहेको भन्दै बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने अवस्था रहेको बताए। मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो।


  •  
  •  
  •