काठमाडौं । सडक दुर्घटनामा परी हालविराटनगर नसिङ् होममाउपचारत रहेका सिराहाकाजितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु.१० लाख जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।
मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रु. १० लाखको चेक हस्तान्तरण गरेका थिए ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु.२ लाख नगद र प्रत्येक महिना रु.१० लाख नगद जित्ने मौका पाउँछन् ।
अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरि किशोर कामतीले बताए ।
‘छोरा केहीदिनमा डिस्चार्ज हुने आशामा छौं,’ जितेन्द्रका बुबाले भने, ‘यो पैसाले केहीव्यापार पनि गर्ने योजनामा छौं ।’
यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही रु.२ लाख जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जना ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरुले रु.१०० वात्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु.१०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु.३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु.५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।