राशी र लग्नबाट निर्धारण हुनसक्छ गरिखाने बाटो

592
  •  
  •  
  •  

काठमाडौ, (एसेन्सी) : वर्तमान युग प्रतिस्स्पर्धाको युग हो। यस युगमा विद्यार्थी र अभिभावकका लागि के कस्तो विषयमा ज्ञान प्राप्त गरेर सजिलै रोजगारी र व्यवसायको मार्गप्रशस्त हुन्छ भन्ने बारेमा दुबिधा उत्पन्न हुन्छ।

हुन त यस विज्ञान र प्रविधिको आधुनिकतम युगमा मान्छे सूचनाप्रविधिको सहयोग लिएर वा रोजगार/शैक्षिक परामर्शदाता वा नातागोताका अनुभवी र विद्वद्जनहरूबाट सल्लाह र सुझाव लिएर आफ्नो ज्ञान र सीप बटुल्ने तथा पढ्ने बाटो तय गर्दछन्।

अनि अध्ययन पुरा भएपछि वा अध्ययन अपुरो भैदिदा पछुताउन र मनले इच्छाए झैं जागिर वा व्यवसाय नभेट्नाले गुनासो गर्ने गर्दछन्। उनीहरूलाई यो क्षेत्रमा जाँदा राम्रो हुन्थ्यो वा त्यो क्षेत्रमा जाँदा राम्रो हुन्थ्यो भन्ने सोच/चिन्ता बेलाबेलामा भैरहन्छ।

आआफ्ना जागिर र व्यवसायमा सफल र प्रतिष्ठित व्यक्तित्वहरूको जन्मकुन्डलीमा एक ज्योतिष तथा वास्तु परामर्श केन्द्रले गरेको अनुसन्धान र विश्लेषणबाट के पत्ता लागेको छ भने अधिकांश सफल व्यक्तिहरूले आफ्नो अध्ययन र रोजगारीको क्षेत्र राशी र लग्नानुकूल चयन गरेका थिए र त्यसकै परिणामस्वरूप उन्नतिको शिखर चुम्न सफल समेत बताएका छन्।


  •  
  •  
  •