लमही,१८ मंसिर(ओएनएस) । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने ९१ सवारी चालकलाई कारवाही गरेको छ ।
कार्यालयले निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक र सोमबार ४६ चालकलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले कारवाहीमा परेकाबाट जनही पाँच सय रुपैयाँका दरले १६ हजार राजश्व संकलन गरिएको बताए ।
यस्तै कार्यालयले ती बाहेक अन्य सवारीचालकको समेत कागजात जफत गरेको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन भन्दै प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले सात तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी खटाएको छ ।