हङकङको प्रदर्शन चर्किँदै

74
  •  
  •  
  •  

hongkong protestकाठमाडौ, १३ असोज (एजेन्सी) : हङकङमा सन् २०१७ मा हुने चुनावका लागि चीन सरकारले उम्मेदवार चुन्ने योजनाको विरोध गर्दै हङकङमा अहिले प्रदर्शनहरु भईरहेका छन् । प्रदर्शनकारीहरूलाई तितरवितर पार्नका लागि अश्रु ग्याँस छाडिएपनि हजारौ लोकतन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शनलाई जारी राखेका छन् ।

प्रदर्शनका कारण बैक, स्कुल सबै बन्द छन् भने यातायातका साधन समेत चल्न सकेका छैनन् । सोमबार बिहानै हङकङको स्टक एक्चेन्ज १ प्रतिशत गिरावटको साथमा खुलेको छ ।

प्रदर्शनकारीहरूले केन्द्रीय बित्तीय क्षेत्रमा सडक बन्द गराएका छन् र प्रदर्शनलाई शहरका अन्य क्षेत्रमा समेत फैलाउँदै गइरहेका छन् । आईतबार दंगा अवरोध गर्ने प्रहरीले भिडलाई तितरवितर गर्नका लागि अश्रु ग्याँस छोडेको थियो र प्रदर्शनहरूलाई गैरकानुनी भन्दै प्रदर्शनकारीलाई सडकबाट हट्न आग्रह गरिरहेका थिए ।
तर, सरकारले सोनबार भने दंगा अवरोधी प्रहरीलाई हटाएको छ । यस बीच हङकङका मुख्य कार्यकारीले प्रदर्शनलाई रोक्नका लागि चीनीयाँ सेना आउने समाचारलाई झूठो भएको बताएका छन् ।


  •  
  •  
  •