वेष्ट इण्डिजले विश्वकप खेल्न नपाउने !

176
  •  
  •  
  •  

West_indies_cricket_board_flagकाठमाडौ, ७ कात्तिक(एजेन्सी) : सन् २०१५ मा हुने विश्वकप क्रिकेट प्रतियोगितामा वेष्ट इण्डिज खेल्नबाट वञ्चित गर्न सकिने सम्भावना बढेको छ । खेलाडीको पारिश्रमिकको विषयलाई लिएर भइरहेको विवाद नसुल्झिए वेष्ट इण्डिजलाई विश्वकप खेल्नबाट वञ्चित गर्न सकिने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यदी वेष्ट इण्डिज विश्चकपबाट बाहिरिए हङकङलाई विश्वकप खेल्ने सुनौलो मौका मिल्नेछ । वेष्ट इण्डिज बाहिरिए तीन वटा क्यालिफाएर टोली विश्ववकप खेल्न सक्ने सम्भावना छ, जसमा हङकङले बाजी मार्नेछ ।

विगत केही समयदेखि पारिश्रमिकको विषयलाई लिएर भइएरहेको विवादका कारण केही समयअघि भारतसँगको पाँचौ एकदिवसीय खेल समेत नखेली वेष्ट इण्डिजको टोली घर फर्किएको थियो ।

न्युजिल्याण्डको वेबसाइट ‘स्टफ डट को डट ए‍नजेड’मा प्रकाशित रिपोर्ट अनुसार वेष्ट इण्डिज टोलीको विवाद हङकङका लागि सुनौलो मौका हुनेछ । तर, अझै पनि वर्ल्ड कप सुरू हुनका लागि तीन भन्दा बढि महिना बाँकी नै छ । यदी यस बीच वेष्ट इण्डिजको टोलीको सबै विवाद अन्त्य भए वेष्ट इण्डिजले नै विश्वकप खेल्नेछ ।


  •  
  •  
  •  

Comments are closed.