यो यो हनी सिंह प्रहरीको वान्टेड सूचीमा

244
  •  
  •  
  •  

honey-singhकाठमाडौ, पुस(एजेन्सी) : दिल्ली प्रहरीले भारतका पप गायक यो यो हनी सिंहको खोजीरहेको छ । हनी सिंह र उनका साथी बादशाहमाथी नागपुरमा दर्ता गरिएको एक मुद्धामा प्रहरीले उनीहरुलाई खोजिरहेको हो । तर, प्रहरीले यी दुवैलाई भेट्न सकेको छैन् ।

दिल्ली प्रहरीको ज्वाइन्ट कमीश्नर क्राइम रवीन्द्र यादवले हनी सिंह नभेटिएको पुष्टी गरेपनि यस विषयमा थप जानकारी नदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नागपुरको सिटी डीसीपी संजय तालकरले आफूहरूले हनी सिंह र बादशाहमाथी अपराधीक मुद्धा दर्ता गरेको बताएका छन् । उनले आफूहरू उनीहरुलाई खोज्नका लागि मुम्बई र दिल्ली पुगेपनि भेट्न नसकेको बताए ।

दिल्ली प्रहरीलाई पठाएको पत्रमा उनीहरूले हनी सिंह र बादशाहलाई पक्राउ गरेपछि आफूहरूलाई जानकारी दिन आग्रह गरेका छन् । नागपुर प्रहरीका अनुसार यी दुवैलाई खोज्न निकै धेरै कोशीस गरेपनि पत्ता लगाउन सकिएको छैन् । उनको घर र अफिसको पनि कुनै पत्तो लागेको छैन् । यसअघि पनि हनी सिंह विरूद्ध सन् २०१२ मा नागपुरमा एक मुद्धा दर्ता भएको थियो । त्यो मुद्धा फिर्ता लिइएको बताइएको छ ।

हनी सिंहमाथी मुद्धा दर्ता गरिएपनि मुद्धा दर्ता गरिएको विषय भने खुल्न सकेको छैन् ।


  •  
  •  
  •