महको उत्पादन १० प्रतिशतले घट्यो

171
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं २३ असार (ओएनएस) । देश भर व्यबसायिक मौरी पालनको लहर चलि रहेपनि महको उत्पादन गत आर्थिक बर्षको तुलनामा १० प्रतिशतले घटेकोे छ । यो आवमा १५ सय मेट्रिक टनमात्र उत्पादन भएको छ । जुन गतआवको भन्दा १ सय मेट्रिक टन कम हो । गत आवमा १६ सय मेट्रिक टन मह उत्पादन भएको थियो । महको उत्पादन बार्षिक रुपमा घट्दै गएकोले घटेकोल बजारको माग धान्न नसकेको नेपाल मह व्यवसायी सङ्घका सचिव बिल अधिकारीले बताए । हाल नेपालमा महको माग बार्षिक ३५ सय मेट्रिक टन छ ।

उत्पादनले मागको ४५ प्रतिशत पनि धान्न नसकेकोले उपभोक्ता आयातित महमा निर्भर रहनुपरेको उनले बताए । स्वदेशी उत्पादनले धान्न नसकेपछि नेपालमा भारत र चीनबाट समेत मह आयात गरिन्छ । स्वदेशी महको उत्पादन घटेपनि मूल्यमा भने बृद्धि भएको छ । महको मूल्य प्रतिकेजी १ सय देखि ६ सय रुपैयाँसम्मले बढेको अधिकारीले बताए । ‘गत बर्ष प्रति केजी ४ सय रुपैयामा किनवेच भएको महको मूल्य बढेर ५ सय पुगेको छ’ उनले भने । अहिले महको बजार मूल्य प्रतिकेजी ५ सय देखि ४ हजारसम्म रहेको उनले जानकारी दिए ।

नेपामा उत्पादीत मह स्वास्थ्यको दृष्किोणले समेत फाइदाजनक भएकोले विदेशबाट समेत माग आउने गरेको सङ्घले जानकारी दिएको छ । युरोपेली सङ्घले नेपाललाई मह निर्यातका लागि योग्य देशको सूचिमा राखेको छ । उपभोक्ताको माग धान्न १० लाख माहुरीको घार आवश्यक परेपनि हाल कृषकसंग ४० हजार घार मात्र भएको सङ्घले जानकारी दिएको छ । सरकारले व्यवसायीक मौरिपालक कृषकलाई ५०÷५० घार उपलब्ध गराएमा महमा आत्मनिर्भर बन्न सक्ने उनी बताउँछन् । मह उत्पान हुने क्षेत्रको पनि प्रवर्दन हुन नसकेको अधिकारीले जानकारी दिए । त्यस्तै सरकारले मौरीपालनको व्यवसायीकरणमा जोड दिएमा नेपाल महमा आत्मनिर्भर बन्न सक्ने बताए ।

नेपालमा ‘एतिस मेलिफेरा’ र ‘एतिस सेरेना’ नामक दुई प्रजातीका मौरीको व्यबसायिक पालन गरिदै आएको छ । व्यवासयीक मौरीपालनका लागि मेलिफेरा उपयोगी हुन्छ । यो आयातित मौरी हो । यसले तुलनात्मक रुपमा बढी मह उत्पादन गर्छ । त्यस्तै सेरेना प्रजातीको मौरीको मह औषधिका रुपमा प्रयोग गरिन्छ । यो प्रजातीका मैरीपालन महाभारत पर्वत शृङखला अन्तर्गतका सवै जिल्लामा गर्न सकिन्छ । नेपालका चितवन, नवलपरासी, सर्लाही, दाङ, कैलाली, मकवानपुरलगायत ११ जिल्लामा व्यवसायीक मौरिपालन फष्टाएको छ ।

यो व्यवसायमा २ लाख जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । तर व्यवसायीक रुपमा सङ्लग्न किसानको सङ्ख्या भने लगभग २ सय ५० को हाराहारिमा रहेको सङ्घले जानकारी दिएको छ । नेपालमा भीर मौरी, चिउरी तथा तोरीलगायत फूलको मह पाइन्छ । त्यसमध्ये भीरमौरीको मह सवैभन्दा महङ्गो हुने व्यवसायीहरु बताउँछन् । तोरीको फुलबाट बनेको मह कमसल मानिन्छ ।


  •  
  •  
  •